You are viewing the translated version of अध्यक्षको योग्यता.

Section 17
अध्यक्षको योग्यता
देहायको व्यक्ति अध्यक्षको पदमा नियुक्त हुन योग्य मानिनेछः-
(क) नेपाली नागरिक,
(ख) आमसञ्चार, कानून, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको,
(ग) पैंतीस वर्ष उमेर पूरा भएको,
(घ) कुनै बिदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र नलिएको,
(ङ) कुनै कानूनले अयोग्य नभएको ।